हेटौंडा / बागमती प्रदेश प्रमुख प्रतिपक्ष दल माओवादी केन्द्रका नेता शालिकराम जम्कट्टेलले प्रदेश सरकारले ल्याएको निति कार्यक्रयम साहित्यकारले लेखेको शब्दजाल जस्तो भएको बताएका छन् ।
शुक्रबार प्रदेश सभाको बैठकमा प्रदेश सरकारले प्रस्तुत गरेको आर्थिक वर्ष २०७८÷०७९ को निति कार्यक्रम माथि आफ्नो धारण ब्यक्त गर्दे नेता जम्कट्टेलले प्रदेश सरकारले प्रस्तुत गरेको निति कार्यक्रम शब्दजाल र नारै नारामा सिमित भएको दाबी गरेका हुन् ।
उनले सरकारल गौरबको आयोजनामा समावेश गरेको भिमफेदी कुलेखानी सुरुङमार्गको कुनै औचित्य नभएको बताउदै सरकारले सुरुङमार्गको योजनालाई हटाउनुपर्ने बताए ।उनले संघिय सरकारले सुरुङमार्ग बनाउन नेपाल पुर्वाधार विकास कम्पनिलाई दिएको अनुमति खारेज नभएको अवस्थामा प्रदेश सरकारले सुरुङमार्ग बनाउन कहाँबाट अनुमति लिएको भन्दै प्रश्न गरेका थिए ।
उनले मकवानपुरबासी र काठमाडौंबासी संग सुरुङमार्ग निर्माण गर्न पुर्वाधार विकास कम्पनिले उठाएको रकम फिर्ता गराउने जिम्मा प्रदेश सरकारले लिनुपर्ने बताए । सरकारले केन्द«को ईसारामा आफ्ना गुटका नेताको सिफारिसमा निति कार्यक्रम ल्याएको दाबी गरे । यस्तै संघिय सरकारले गरेको संघियता विरोधी कामहरुको गुनगान गाँउने बागमती प्रदेश सरकार पनि संघियता विरोधी रहेको आरोप समेत लगाए ।