ज्योती माबिमा लोक छन्दको सहजीकरण सम्पन्न

टुडे संवादाता
१ असार २०७८, मंगलवार २०:१४

हेटौंडा । ज्योति मावि हर्नामाडीको आयोजनामा आज भर्चुअल जुम मार्फत लोक छन्द अन्तर्गत गित तथा गजलको प्रशिक्षण सम्पन्न भएको छ । हरेक हप्ताको मङ्गलबार आयोजना गर्ने गरी सुरु गरिएको साहित्यिक प्रशिक्षण अभियान अन्तर्गत आज लोक छन्दको प्रशिक्षण आयोजना गरिएको विद्यालयका सहायक प्रधानाध्यापक भुपेन्द्र चौलागाईँले जानकारी गराउनु भयो ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हर्क रम्तेलको अध्यक्षता एवम ज्योती माबिका पुर्ब  अध्यक्ष रामकृष्ण बानियाको बिशिस्ट आतिथ्यमा सम्पन्न उक्त प्रशिक्षणमा झरना साहित्यिक परिवार मकवानपुरका अध्यक्ष एवम् साहित्यिक अभियन्ता दीपक गौतमले सहजकर्ताको भूमिका निर्वाह गर्नुभएको थियो ।

प्रशिक्षक गौतमले लोक छन्द अन्तर्गत बालोरी, सेलो, सबाई, झ्याउरे छन्दअन्तर्गतका ७ किसिमका छन्दहरूको प्रयोगात्मक अभ्याससहित सहित गित तथा गजलमा केन्द्रीत रहि प्रशिक्षण दिनुभएको थियो । प्रशिक्षणमा ज्योति माविका प्रधानाध्यापक जयराम थापा,सहायक प्रधानाध्यापक भुपेन्द्र चौलागाईँ, अङ्ग्रेजी विभागीय प्रमुख उमेश पराजुली, कपिल पराजुली,राजेन्द्र बराल,शोभा बानिया,पार्बती पौडेल ,मन कुमारी भोलुन,अनु रोक्का लगायत कक्षा १ देखि १२ सम्मका ७० जना विद्यार्थीको उपस्थिति रहेको थियो । विद्यार्थीमा पढाइका साथमा अतिरिक्त क्रियाकलाप अन्तर्गत साहित्य लेखन तथा पठन संस्कृतिको विकास गराउने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको साथै बिद्यालयमा हरेक दिन अनलाइन मार्फत नयाँ शैक्षिक सत्रको कक्षा सन्चालन भैरहेको र आगामी दिन अझ थप कार्यक्रमहरु पनि पस्किदै लैजाने प्रधानाध्यापक जयराम थापाले बताउनु भयो।

प्रतिक्रिया दिनुहोस

  • प्रतिक्रियाहरु

preload imagepreload image