
हेटौंडा । मदन भण्डारी स्पोर्ट्स एकेडेमी र खेलकुद बिकास समिति मकवानपुरको संयुक्त आयोजनामा मनहरी गाउँपालिकाका कोभिड संक्रमित बिरामीहरुलाई खाद्यान्न तथा स्वास्थ सामाग्री सहयोग गरेको छ । आज बुधबार एक कार्यक्रमका बिच मनहरी गाँउपालिकामा संञ्चालित आईसोलेशनमा उपचाररत बिरामीहरुका लागी मदन भण्डारी स्पोर्ट्स एकेडेमी र खेलकुद बिकास समिति मकवानपुरले स्वास्थ सामाग्री तथा खाद्यान्न वितरण गरेको हो ।
बिरामीहरुका लागी ८ बोरा चामल , ३० कार्टुन पानी, ५ कार्टुन जुस , ४ वटा अक्सिजन रेगुलेटर र ५ पिस अक्सिजन माक्स सहयोग गरीएको अनेरास्वियुका केन्दिय सदस्य तथा मदन भण्डारी स्पोर्ट्स एकेडेमी बिद्यालय खेलकुद शिक्षक संघ मकवानपुरका सचिव नविन मिश्रले जानकारी दिए । मदन भण्डारी स्पोर्ट्स एकेडेमी मकवानपुरका अध्यक्ष प्रकाश सुवेदीको सभाध्यक्षतामा भएको कार्यक्रममा मनहरी गाँउपालिकाका अध्यक्ष एकराज उप्रेतीको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा मदन भण्डारी स्पोर्ट्स एकेडेमी केन्दि«य सदस्य नवीन सिग्देल , खेलकुद बिकास समिति मकवानपुरका अध्यक्ष सानू लामा लगाएतकाको उपस्थिति रहेको थियो ।

