
हेटौंडा । मकवानपुरगढी गाउँपालिकाकामा अनुमति भन्दा बढी नदिजन्य पदार्थ उत्खनन गरीएकोमा नेपाली कांग्रेस मकवानपुरगढी गाउँपालिकाले दाबी गरे संगै हेटांैडा टुडे डटकमले यो बिषयमा समाचार सम्प्रेसण गरिरहेको छ । गत सनिबार नेपाली कांग्रेस मकवानपुरगढीले यो बिषयमा पत्रकार सम्मेलन गरे पश्चात बिभिन्न समाचार माध्ययमा आएका खबरले यो बिषय धेरै चर्चामा रह्यो ।
मकवानपुरगढीमा २ स्थानबाट मात्र नदिजन्य पदार्थ बिक्री गर्न तरूण दल सहमत भए पनि बढि उत्खनन भएको परिमाणलाई कम प्रमाणित गर्ने कर्मचारीलाई बर्खास्त नगरे सम्म बाकि स्थानको नदिजन्य पदार्थ सामग्री विक्रिमा असहमति जनाएको छ ।
मकवानपुरगढी गाउपालिकाको २, ३, ६ वडाका १० स्थानमा राखिएको मध्ये २ स्थानको नदिजन्य पदार्थ विक्रि गर्न सहमत भएको नेपाल तरूण दल मकवानपुरगढी गाउपालिका जनाएको छ । नदिजन्य पदार्थ उत्खननमा भएको अनियमितता बारे चरणबद्ध आन्दोलन गरिरहेको र नदिजन्य पदार्थ उत्खनन गरेर जम्मा गरेको १० स्थान मध्ये २ स्थानको नदिजन्य पदार्थ विक्रिका लागि सहमत भएको नेपाल तरूण दल मकवानपुरगढीले सुक्रबार एक विज्ञप्ति जारि गर्दै बताएको छ ।

यस्तो छ विज्ञप्ति
बढि उत्खनन भएको परिमाणलाई कम प्रमाणित गर्ने कर्मचारीलाई बर्खास्त नगरे सम्म बाकि स्थानको सामग्री विक्रिमा रोक लगाएकोमा नेपाली कांग्रेस विकासको बाधक नभई आम जनताको गुनासो र समस्यालाई समाधानका लागि १० स्थान मध्ये २ स्थानको नदिजन्य सामग्री विक्रि गर्न दिने तरूण मकवानपुरगढी गाउँपालिका संयोजक सानुकान्छा थिङद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।
बर्षातको समयमा भेल बाढिबाट बस्ति जोखिममा रहेको र त्यसले बस्तिमा थप समस्या हुन सक्ने कारणले गर्दा २ स्थानको नदिजन्य पदार्थ विक्रिका लागि सहमत भएको नेपाल तरूण दल जनाएको छ ।
यो पनि पढ्नुहोस

