तिब्बतमा पहिरो जाँदा तामाकोसी नदी थुनियो ,सुरक्षित स्थानमा जान प्रशासनले आग्रह

हेटौंडा टुडे
५ असार २०७८, शनिबार ०८:३३

हेटौंडा ।जिल्ला प्रशासन कार्यालय दोलखाले शुक्रबार राति पौने १० बजे सूचना जारी गर्दै जुन सुकै बेला पनि तामाकोसी नदी विस्फोट हुन सक्ने चेतावनी दिएको छ । तिब्बतमा पहिरो जाँदा तामाकोसी नदी थुनिएकोले जिल्ला प्रशासन कार्यालय दोलखाले यस्तो सुचना सार्बजानिक गरेको हो ।

जिल्ला प्रशासनले तटीय क्षेत्रमा बसोबास गर्ने स्थानीयलाई सजगता अपनाइ सुरक्षित स्थानमा रहन समेत आग्रह गरेको छ । प्रशासनले नेपाल–चीन क्षेत्रमा रहेको टिङ्ग्री काउन्टीको रोङ्गछिया शहर र सो आसपासमा भारी वर्षा भएर पहिरो आउँदा नदीको प्रवाह रोकिएको सूचना प्राप्त भएको जनाएको छ ।

तामाकोसीको तटीय क्षेत्रमा जोखिम सिर्जना हुन सक्ने देखिएकाले सम्पूर्ण स्थानीयलाई सजक रहन र खतराको संकेत प्राप्त हुना साथ सुरक्षित स्थानमा जान प्रशासनले आग्रह गरेको छ ।

प्रतिक्रिया दिनुहोस

  • प्रतिक्रियाहरु

preload imagepreload image