बाढी पहिरोका कारण २२ जना बेपत्ता , १६ को मृत्यु

हेटौंडा टुडे
५ असार २०७८, शनिबार १०:१६

हेटौंडा । केहि दिन देखि परेको भारी वर्षा बाढी, पहिरो र डुबानमा परी १६ जनाको मृत्यु भएको छ भने २२ जना सम्पर्क विहीन र १६ जना घाइते भएका छन् । मृत्यु हुनेमा सिन्धुपाल्चोक र डोटीमा , सप्तरी, काभ्रे, गोरखा, अर्घाखाँची, पाल्पा, कास्की, कालिकोट, प्युठान जुम्लाका रहेका गृह मन्त्रालयले जनाएको छ ।

बाढी पहिरो र डुबानमा परी २ बालिका ,१० पुरुष ४ महिला गरि अहिलेसम्म १६ जना घाइते भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ। बेपत्ता भएका २२ मध्ये २० जना सिन्धुपाल्चोककै रहेका छन। बाजुरा र रूपन्देहीमा एक एक जना बेपत्ता रहेका र वेपत्ताको खोजी कार्य जारी रहेको मन्त्रालयले जनाएको छ ।

अहिले सम्म बाढी तथा पहिरोमा परेका सल्यानबाट ८ जना र सिन्धुपाल्चोकमा ९४ गरी १०२ जनाको उद्धार भएको प्रहरीले जनाएको छ । यस्तै यार्सागुम्बा टिप्न गएका मनाङका ७० जनाको पनि उद्धार भएको छ । यता बाढी पहिराका कारण अहिलेसम्म १९९ वटा घरमा क्षति भएको छ । १२ वटा पुल, एक विद्यालय र सात सरकारी कार्यालयमा क्षति पुगेको जनाइएको छ । हालसम्म ५२८ घरका एक हजार ७६० जना मानिस विस्थापित भएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

  • प्रतिक्रियाहरु

preload imagepreload image