पिप्ले युवा क्लबद्वारा हेटौंडामा बक्सिङका खेलाडी सम्मानित

हेटौंडा टुडे
१७ श्रावण २०७८, आईतवार १२:१३

हेटौँडा/ युनाइटेड अरब इमिरेट्सको राजधानी दुबईमा हुने जुनियर एण्ड युथ एसियन च्याम्पियनशिप प्रतियोगिताका लागि काठमाडौंमा भएको छनोट प्रतियोगितामा सहभागी मकवानपुरका ३ जना बक्सिङ खेलाडीलाई शनिबार हेटौंडा–५ स्थित पिप्ले युवा क्लबले सम्मान गरेको छ ।

६४ केजी तौल समूहमा प्रथम भएका सोहन राई र ४६ केजी तौल समूहमा प्रथम भएकी रोशनी घलानलाई २–२ हजार रुपैयाँसहित सम्मानपत्र प्रदान गरिएको थियो । यस्तै द्वितीय भएकी बिकिता मोक्तानलाई १ हजार रुपैयाँसहित सम्मानपत्र प्रदान गरिएको थियो ।

प्रथम र द्वितीय भएका खेलाडीहरुलाई राष्ट्रिय खेलकुद परिषदका पूर्ववरिष्ठ प्रशिक्षक ध्रुबलाल श्रेष्ठले क्रमशः ८/८ सय र ५ सय रुपैयाँ पुरस्कारस्वरुप प्रदान गरिएको थियो ।

कार्यक्रमका प्रमुख अतिथि मेयर महतले खेलाडीहरुका लागि थप नगद पुरस्कार र क्षेत्रको बृद्धिको समेत व्यवस्था गर्ने प्रतिबद्धता जनाउनुभएको छ ।

प्रतिक्रिया दिनुहोस

  • प्रतिक्रियाहरु

preload imagepreload image