मकवानपुरको बागमती गाउँपालिकामा बिधुतिय पोल चोरी गर्ने ७ जना पक्राउ

हेटौंडा टुडे
१७ श्रावण २०७८, आईतवार १५:०६

हेटौँडा/मकवानपुर प्रहरीले बिधुतिय पोल चोरी गर्ने ७ जनालाई नियन्त्रणमा लिईएको छ ।

गत शुक्रबार राति मकवानपुरको बागमती गाउँपालिका वडा नम्बर १ स्थित हात्तीढुंगे बाटो छेउमा रहेको ग्रीड सोला ईन्जिन ईफिसेन्सी आयोजनाको बिधुतीय स्टिल ट्युबलर बिधुतीय पोल थान २७ ट्रकमा लोड गरी चोरी गरी झुरझुरेतर्फ लैजादै गरेको अवस्थामा ईलाका प्रहरी कार्यालय फापरवारीबाट खटिएको प्रहरी टोलिले उनीहरुलाई नियन्त्रणमा लिईएको मकवानपुर प्रहरी प्रवत्ता प्रहरी नायव उपरीक्षक जयश्वर रिमालले जानकारी दिए ।

प्रहरी प्रवत्ता रिमालका अनुसार धरान चतरा सडक खण्डमा उक्त पोल लोड भएको मे १ ख २५०३ नम्बरको ट्रक र अन टेस्ट मोटरसाईकल नियन्त्रणमा लिईएको छ ।

सोही चोरीमा संलग्न ट्रक चालक काभ्रेपलान्चोक मण्डन देवपुर नगरपालिका वडा नम्बर १ बस्ने ३० बर्षिय जयराम सापकोटा, उक्त ट्रकमा सवार उदयपुर घर भई हाल भक्तपुर मध्यपुर ठिमी नगरपालिका १ बस्ने ३१ बर्षिय विवेक पोखरेल, संखुवासशभा खाँदवारी नगरपालिका वडा नम्बर ७ बस्ने २७ बर्षिय हरी नेपाल, बागमती गाउँपालिका वडा नम्बर ७ बस्ने ३० बर्षिय सुरेश लामा, सोही ठाउँ बस्ने २२ बर्षिय उमेश लामा, मोटरसाईकल चालक रौतहट चन्द्रपुर नगरपालिका वडा नम्बर ३ बस्ने ३२ बर्षिय धन बहादुर लामा र मोटरसाईकलमा सवार सोही ठाउँ बस्ने ४० बर्षिय देव पौडेललाई नियन्त्रणमा लिईको हो ।

उक्त चोरी भएको पोल संलग्न ७ जना सहित ट्रक, मोटरसाईकललाई नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको मकवानपुर प्रहरीले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*