काठमाडौं उपत्यकामा निषेधाज्ञामा कडाई,राति ८ बजेपछि सवारी साधन चलाउन नपाइने

टुडे संवादाता
२८ श्रावण २०७८, बिहीबार १३:२२

काठमाडौं/कोरोनाभाइरसको संक्रमण बढ्दै गएको भन्दै काठमाडौं उपत्यकामा आज रातिदेखि निषेधाज्ञामा कडाई गरिदैछ । मंगलबार बसेको काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारी (सिडिओ)को बैठकले उपत्यकामा आज राति ८ बजेदेखि सार्वजनिक तथा निजी सवारी साधन सञ्चालन गर्न नपाइने गरी निषेधाज्ञा लागू गरेको छ ।

आगामी भदौ ८ गतेसम्म लागू गरिएको उक्त आदेश आज बिहान १ बजेदेखि नै लागू भएको छ । अन्य ढुवानीका साधन भने तोकिएका समयमा सञ्चालन गर्न सकिने छ । अत्यावश्यक काममा प्रयोग हुने सवारी भने  सञ्चालन गर्न पाइनेछ ।

कोरोना संक्रमण बढ्न थालेपछि काठमाडौं उपत्यका लगायत अन्य विभिन्न जिल्लामा पनि आदेशमा कडाइ गर्न थालिएको छ । यसअघि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोरोनाभाइरसको तेस्रो लहर आउनसक्ने चेतावनी दिइसकेको छ ।

यो पढ्नुहोस

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*