बागेश्वरी महिला बचत देशकै सर्वोत्कृष्ट महिला सहकारी घोषित

हेटौंडा टुडे
१ भाद्र २०७८, मंगलवार १५:५४

हेटौँडा / उपमहानगर वडा नम्बर ११ मा रहेको बागेश्वरी महिला बचत तथा ऋण सहकारी संस्था देशभरकै सर्वोत्कृष्ट महिला सहकारी घोषित भएको छ । महिलाहरुद्धारा सञ्चालित नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ९नेफ्स्कून०ले विविध कार्यक्रम गरी ३४ औं स्थापना दिवस मनाउदैं सहकारीलाई उत्कृष्ट कार्य गरेवापत विभिन्न १६ विधामा संघ संस्था तथा व्यक्तिहरुलाई सम्मान तथा पुरस्कार प्रदान गर्ने घोषणा गरेको छ ।

सम्मान तथा पुरस्कार पाउनेहरुमा संस्थापक अध्यक्ष पुरस्कार महिलातर्फ निजगढ महिला साकोसकी पूर्व अध्यक्ष एवम् निजगढ नगरपालिकाकी उपमेयर लिलादेवी लामिछाने खनाल तथा नेफ्स्कूनका पूर्व सञ्चालक एवम् दोलखा जिल्ला बचत संघका पूर्व अध्यक्ष रामदास श्रेष्ठ रहेका छन् । नेफ्स्कून प्रदेशस्तरीय उत्कृष्ट साकोसहरुमा प्रदेश १ बाट प्रगती साकोस–दमक, प्रदेश २ बाट स्वस्तिक साकोस–सर्लाही, बागमती प्रदेशबाट शिक्षक कल्याण साकोस–दोलखा रहेका छन् भने गण्डकी प्रदेशबाट जनसेवा साकोस, पुरुन्चौर–पोखरा, लुम्बिनी प्रदेशबाट सयपत्री साकोस–नवलपरासी, कर्णाली प्रदेशबाट स्वावलम्बी साकोस–सुर्खेत र सुदुरपश्चिम प्रदेशबाट जनकल्याण साकोस–कैलाली रहेका छन् ।

प्रतिक्रिया दिनुहोस

  • प्रतिक्रियाहरु

preload imagepreload image