नेपाली राष्ट्रिय क्रिकेट टोलीको नयाँ जर्सी सार्वजनिक

टुडे संवादाता
७ भाद्र २०७८, सोमबार १८:०२

काठमाडौँ/नेपाली राष्ट्रिय क्रिकेट टोलीको नयाँ जर्सी सार्वजनिक भएको छ । नेपाल क्रिकेट संघ ९क्यान० र नेपाली राष्ट्रिय क्रिकेट टोलीको मुख्य प्रायोजक माई सेकेन्ड टिचर ९एमएसटी० ले सोमबार नेपाली टोलीको नयाँ जर्सी सार्वजनिक गरेका हुन् । जुन जर्सी नेपालले ओमान भ्रमणमा लगाउने छ ।

गत वैशाखमा नेदरल्यान्ड्स र मलेसियासँग टि२० त्रिकोणात्मक सिरिजमा नेपाली टोलीले प्रयोग गरेको जर्सी चौतर्फी अलोचना भएपछि क्यान र एमएसटीले जर्सीको डिजाइन प्रतिस्पर्धा खुल्ला गर्ने निर्णय लिएका थिए । जसमा पाँच सय भन्दा बढी सहभागि रहेका थिए ।

जर्सी डिजाइनका छनोट समितिका क्यान म्यानेजर विनोद दास, जनरल म्यानेजर रौनक मल्ल, क्यानका केन्द्रिय सदस्य छुम्बी लामा र एक प्रायोजक प्रतिनिधि रहेका थिए । आदर्श पोखरेलले डिजाइन गरेको जर्सी छनोट भएको क्यानले जनाएको छ ।

उत्कृष्ट डिजाइन गरेका पोखरेलले नगद एक लाख रुपैयाँ पाएका छन् । जर्सीमा रातो र निलो रङ्ग प्रयोग भएको छ । सगरमाथा पनि रहेको छ । क्रिकेट टोली मंगलबार ओमान भ्रमणमा निस्कने छ । आइसिसी विश्वकप लिग २ अन्तर्गत नेपालले ओमान र अमेरिकासँग त्रिकोणात्मक ओडिआई सिरिज सेप्टेम्बर १३ देखि २० सम्म खेल्ने छ । त्यसअघि पपुवा न्युगिनीसँग दुई अ‍ेडिआई खेल सेप्टेम्बर पाँच र आठमा खेल्ने छ ।

प्रतिक्रिया दिनुहोस

  • प्रतिक्रियाहरु

preload imagepreload image