एफसी छतिवनले हेटौंडा एकेडेमीसँग मैत्रीपुर्ण खेल खेल्दै

हेटौंडा टुडे
८ भाद्र २०७८, मंगलवार ११:२०

हेटौँडा/ मकवानपुरको बकैया-४ को फुटबल टिम एफसी छतिवनले हेटौंडाको हेटौंडा एकेडेमीसँग मैत्रीपुर्ण खेल खेल्ने भएको छ । कोरोना माहामारीको बीचमा पनि खेलाडीहरुलाई हौसला मिलोस भन्ने उद्येश्यका साथ उक्त मैत्रीपूणै खेल आयोजना गरिएको हो । भोलि बुधबार बिहान १० बजे हेटौंडा-१० स्थित फरेष्टीको खेलमैदानमा एफसी छतिवन र हेटौंडा एकेडेमीबीच मैत्रीपुर्ण खेल हुन लागेको एफसी छतिवनका व्यवस्थापक रिपक कार्कीले जानकारी दिए । उनका अनुसार दुबै टिमका खेलाडीहरु अन्डर–२० उमेर समूहका रहनेछन् ।

प्रतिक्रिया दिनुहोस

  • प्रतिक्रियाहरु

preload imagepreload image