
हेटौँडा/पौडी खेलाडी गौरिका सिंहलाई कोरोना संक्रमण भएको छ । गौरिकाले सामाजिक सञ्जालबाट आफूलाई कोरोना संक्रमण भएको जानकारी दिएकी हुन् ।कोरोना पोजेटिभ देखिएसँगै गौरिका अहिले १० दिनका लागि आइसोलेसन बसेको बताएकी छन् । उनले आफुले दुवै डोज खोप लगाए पनि संक्रमण भएको उल्लेख गरेकी छन् । उनले भनेकी छन्- ‘मैले दुवै डोज खोप लगाएकी थिए र कुनै लक्षण थिएन । तर, पनि मलाई हालै कोरोना पुष्टि भएको छ । म अहिले सरकारले तोकेको मापदण्ड अनुसार मापदण्ड अनुसार १० दिनका लागि आइसोलेसनमा छु ।


सेयर गर्नुहोस्