हेटौँडा/ मकवानपुरमा बिहिबार थप ३५ जनामा कोरोना पुष्टि भएको छ । संक्रमण पुष्टि हुनेमा हेटौंडा उपमहानगरपालिकाका ३१ जना, थाहानगरपालिकाका एक जना र भीमफेदी गाउँपालिकाका ३ जना रहेका छन् । स्वास्थ्य कार्यालय मकवानपुरका अनुसार, ८२ जनाको पीसीआर परीक्षण गर्दा ३३ जनामा र ३४ जनाको एन्टीजेन परीक्षण गर्दा २ जनामा कोरोना पुष्टि भएको हो । त्यस्तै, जिल्लामा आज ८ जना कोरोना मुक्त भएका छन् ।
सेयर गर्नुहोस्