भ्लग च्यालेन्ज बिजेताको खोजिमा निस्चल बस्नेत र सिसन बानिया

हेटौंडा टुडे
१८ भाद्र २०७८, शुक्रबार १४:१८

हेटौँडा/ यही आउंदो कार्तिक महिनामा सागरमाथा आधार शिबिर सम्मको यात्रामा आउँदै गरेका विश्व बिख्यात फिल्ममेकर तथा भ्लगर हरुको साथमा नेपाल को प्रतिनिधित्व गर्दै उक्त पदयात्रामा सहभागि हुन एक सक्षम नेपाली फिल्ममेकररभ्लगर को खोजी गर्ने उद्देश्यले नेपाल भ्लग च्यालेन्जको आयोजना गरिएको छ । निश्चल बस्नेत, सिसन बानिया, रोहित शाक्य र मिलन थापाको निर्णय मन्डली बाट, सातै प्रदेश बाट एक एक जना फिल्म मेकर( भ्लगर चुनिनेछन भने चुनिएका ७ जनाहरु मध्ये बाट एक बिजेता, भोटिङ को माध्यम बाट चुनिनेछ । बिजेताले १० लाख नगद पुरस्कार पाउनेछ भने सम्पूर्ण खर्च बेहोरिएको वर्ल्ड भ्लग च्यालेन्जमा सहभागि पनि हुन पाउनेछ ।

काठमाडौं को दरबारमार्ग अवस्थित एक होटलमा आयोजित पत्रकार सम्मेलनमा नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी धनन्जय रेग्मी, नेपाल पर्बतारोहण संघका अध्यक्ष संत वीर लामा, विश्व बिख्यात आरोही कामी रिता शेर्पा, मिङ्मा डेभिड शेर्पा, प्रशिद्ध फिल्म डाइरेक्टर निश्चल बस्नेत तथा आयोजक संस्था पार्टिनेपाल का अध्यक्ष श्री गुरुङ बिच आज उक्त भिडियो च्यालेन्ज प्रतियोगिताको उदघोश गरिएको हो । १८ बर्ष पुरानो पार्टिनेपाल नेपालकै अग्रणी एभेन्ट म्यानेजमेन्ट कम्पनी मध्ये एक हो जसले पार्टिनेपाल नामक मासिक म्यागजिन पनि प्रकाशन गर्दै आएको छ ।

 

उक्त च्यालेन्जमा सहभागि हुन नेपाल भ्लग च्यालेजको वेब साइट मा सेप्टेम्बर १० तारिक देखी २० तारिक भित्र आफ्नो १ देखी ३ मिनेट लामो भिडियो बुझाउन सकिनेछ उक्त भिडियो हरु निर्णयक मन्डली बाट २२ तरिकमा सार्वजनिक गरिनेछ । सार्वजनिक भिडियोलाई भोटिङको माध्यमा बाट बिजेता घोषणा गरिनेछ ।

नेपालमा रहेका प्रतिभाशाली फिल्ममेकर हरुलाई प्रोत्साहन गर्न तथा राष्ट्रियर अन्तरराष्ट्रिय भ्लगर( फिल्ममेकर हरु सङ्ग जोड्न यो प्रतियोगिताले उल्लेख्य भूमिका खेल्नेछ भन्ने मान्यता बोकेको आयोजक श्री गुरुङ्ले बताए । सोसल मिडियाको प्रलय सँगै उदाएको भ्लगिङ आज एक प्रभावकारी पेशा बन्न पुगेको छ जसले कैयौ युवा हरुलाई आकर्षक आर्थिक लाभ सँगै लाखौं युवाहरुको बिच लोकप्रिय बनाउन सफल भएको छ। भ्लगिङ भविश्यमा एक लोकप्रिय पेशाको रुपमा बिकास हुने र नेपाली युवाहरुलाई यो प्रतियोगिताले प्रोत्सहन गर्न मद्घत गर्नेछ भन्ने आयोजकको विश्वाश रहेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*