मकवानपुरका मसान उपासक जनसाहित्यिक मञ्च बागमती प्रदेशको संयोजकमा

हेटौंडा टुडे
२६ भाद्र २०७८, शनिबार १८:१४

हेटौंडा ।  जनसाहित्यिक मञ्च नेपालको शनिबार भच्र्युअल भेला सम्पन्न भएको छ । आज भएको भेलाबाट जनसाहित्यिक मञ्च नेपालका सचिवालय सदस्य मसान उपासक मञ्चको बागमती प्रदेशको संयोजकमा मसान उपासक चयन भएका छन् । मञ्चको अघिल्लो पटक पनि केन्द्रीय सदस्य रहेका मसानलाई शनिबारको भेलाले केन्द्रिय सचिवालय सदस्य चयन गर्दै प्रदेशको संयोजक तोकेको हो । आजको भेलाबाट सातै प्रदेशको संयोजक सहित ५ सदस्यीय समिति पनि चयन गरेको छ । मकवानपुरको दुई जनाले यो पटक केन्द्रमा स्थान पाएका छन् । यो भेलाबाट मसान उपासक केन्द्रिय सचिवालय सदस्य चयन हुदा मकवानपुरका सुनिल गौतम केन्द्रिय सदस्य चयन भएका छन् ।
आजको भेलाले राम बिनयको संयोजकत्वमा १०५ सदस्यीय केन्द्रिय आयोजक समिति, २५ सदस्यीय सचिवालय र ११ सदस्यीय कार्यालय समिति गठन गरेको छ ।
भेलाले प्रदेश १ मा रमेश शुभेच्छुक, गण्डकी प्रदेशमा सुवास मल्ल, लुम्बिनि प्रदेशमा हरी तिमल्सिना, कर्णाली प्रदेशमा दीपक गौतम र सुदुरपश्चिममा रामचन्द्र जोशी संयोजक चयन भएका छन् भने प्रदेश २ मा पछि संयोजक तोकिने भएको छ ।
बागमति प्रदेशमा संयोजक मसान उपासकसहित धादिङका प्रकाश सापकोटा, ललितपुरका सुस्मिता नेपाल, मकवानपुरका गणेश तिमल्सिना, चितवनका अम्बिका कार्की चयन गरेको छ ।
नेकपाको दुई साहित्यिक संस्थाको एकताको समयमा पनि संयोजक रहेका मसान मकवानपुरमा रहेर लामो समयदेखि साहित्य तथा पत्रकारिता क्षेत्रमा क्रियाशिल रहेका छन् ।

प्रतिक्रिया दिनुहोस

  • प्रतिक्रियाहरु

preload imagepreload image