ग्यापु ‘टिकटक हिरोज’का टप २५ को नाम सार्वजनिक

हेटौंडा टुडे
२९ भाद्र २०७८, मंगलवार १४:४४

हेटौँडा/

नेपाली ई-कमर्स कम्पनी ग्यापु ‘टिकटक हिरोज’का उत्कृष्ट २५ सहभागीको नाम सार्वजनिक भएको छ। करिब ५ हजार ६०० जना सहभागीबाट छानिएर यस अगाडि ग्यापुले उत्कृष्ट ५० को नाम सार्वजनिक गरेको थियो।
सहभागीहरूले आफ्नो प्रतिभा प्रस्तुत गर्दै यस अवसरमा धेरै राम्रा भिडिओ बनाएका थिए।
सबै जनालाई आ-आफ्नै हिसाबको भिडियो बनाउने छुट दिइएको थियो। अब भने यस प्रतियोगितामा केही फरक हुने ग्यापुका अपरेसन हेड सुरजनी केसीले बताइन्।
प्रतियोगितामा पहिलो हुने सहभागीले एक लाख रूपैयाँको नगद पुरस्कार पाउने छन् भने दोस्रो र तेस्रो हुने सहभागीले क्रमशः ५१ हजार र २६ हजार रूपैयाँ प्राप्त गर्नेछन्।
त्यस्तै, उत्कृष्ट ५० भित्र पर्न सफल सहभागीहरूले भने विभन्न गिफ्ट ह्याम्पर पाउने छन्।
छनोट हुनेहरूमा विक्रम फुयाल, शङ्कर खनाल, विवश घिमिरे, शिव पौडेल, बिपिन श्रेष्ठ, निरज खड्का, बिष्णु पाण्डे, ललाना चिमरिया, डिमोन क्षेत्री,सौर्य भेटवाल, पवित्रा राई, अंशुल डाँगी, सिम्पल स्टार, बबि कुमाल, उषा नेपाल, फुडि गर्ल, ढुकुरे डन, आर्सद हुसेन, मन्दिप मिश्र, शयाना लुइँटेल, पूजा पाण्डे, हिमसागर ढकाल, इल्भिस क्षेत्री, विशाल श्रेष्ठ र श्रेया श्रेष्ठ छन् ।
त्यसैगरी यस अगाडि बाहिरिएका अपिल राई, रोशन पाण्डे र अनुप राउत वाइल्ड कार्डमार्फत पुन: प्रतिस्पर्धामा छिरेका छन्।
छनिएका उत्कृष्ट २५ सहभागीलाई पोखराको कल्चर रिसोर्ट लगेर ग्रुमिङ क्लास सहितको क्लोज क्याम्प गरिने बताइएको छ । उत्कृष्ट २५ मा पुग्नको लागि छानिएका सहभागीहरूले फेरि नयाँ भिडिओ बनाउनु पर्ने हुन्छ।
ग्यापुको आधिकारिक टिकटक अकाउन्टमा पोस्ट भएकामध्ये जसको भिडिओमा सबभन्दा धेरै लाइक र भ्यू हुन्छ उनीहरूले पुरस्कार प्राप्त गर्नेछन्। यसर्थ परिणाम निकै नै पारदर्शी हुनेमा कम्पनी विश्वस्त रहेको छ।
यस पश्चात हुने ग्राण्ड फिनालेमा उत्कृष्ट तीन जना सहभागी छानिने छन्। सो उत्कृष्ट तीन पनि पहिलेकै प्रकृयाबाट छानिनेछ। अर्थात् जसको धेरै लाइक र भ्यू आउनेहरू उत्कृष्ट २५ बाट उत्कृष्ट तीनमा पुग्नेछन्।
यस कार्यक्रमको ट्राभल पार्टनर एक्सलट्रिप, एड्भेन्चर पार्टनर हाइ ग्राउण्ड एडभेन्चर्स र हस्पिटालिटी पार्टनर कल्चर रिसोर्ट रहेको छ।
असोज ९ र १० गते विशेष कार्यक्रम गरी टिकटक हिरोजको फाइनल कार्यक्रम गरिने बताइएको छ।

प्रतिक्रिया दिनुहोस

  • प्रतिक्रियाहरु

preload imagepreload image