नेकपा एमाले जिल्ला सचिवालय सदस्य मोक्तानद्वारा खेलकुद सामग्री सहयोग

हेटौंडा टुडे
३१ भाद्र २०७८, बिहीबार १५:१७

हेटौँडा/ नेकपा एमाले मकवानपुरका जिल्ला सचिवालय सदस्य सुनिल मोक्तानले हेटौंडाका युवा खेलाडीहरुलाई खेलकुद सामग्री सहयोग गरेका छन् । मोक्तानले हेटौंडा–१५ का रातोमाटे टोल विकास संस्था, सुनौलो टोल विकास संस्था र सशतिm टोल विकास संस्थाका खेलाडीहरुलाई खेलकुद समाग्रीहरु सहयोग गरेको बताए । नेकपा एमाले निकट युवा संघका जिल्ला इन्चार्ज समेत रहेका मोक्तानले बुधबार हेटौंडा उपमहानगरपालिका वडा नम्वर- १५ का युवा खेलाडीहरुलाई खेलकुद सामग्री सहयोग गरेका हुन् ।

युवा खेलाडीहरु खेलकुद क्षेत्रमा निरन्तर लाग्न सहाज र हौसला बढोस भन्ने उद्देश्यले रु ५० हजार बराबरको फुटबल, जर्सीलगायतको समाग्री सहयोग गरेको उनले बताए । मोक्तानले यसअघि पनि हेटौंडा–१५ स्थित रहेको पनेश टोल विकास संस्था र ठूलो सुकौली टोल विकास संस्थाका खेलाडी टिमलाई खेलकुद समग्री सहयोग गरेका थिए ।

प्रतिक्रिया दिनुहोस

  • प्रतिक्रियाहरु

preload imagepreload image