
हेटौँडा/ हेटौंडामा आगामी असोज ७ गतेदेखि ९ गतेसम्म ब्याडमिन्टन प्रतियोगिता हुने भएको छ । जिल्लाका वडास्तरीय प्रतियोगिता ७ गतेदेखि ९ गतेसम्म हुने उक्त प्रतियोगिता बिहान ८ बजेदेखि हुने बताइएको छ । भनावनादेवी स्मृति ब्याडमिन्टन प्रतियोगिता २०७८ मा डबल्स नकआउट जिल्लास्तरीय ब्याडमिन्टन प्रतियोगिता र खुल्ला उमेर समूहमा हुन लागेको प्रतियोगिता संयोजक सुरेन्द्र प्रधानले जानकारी दिए । सहभागिताका लागि टिम दर्ता गर्न असोज ३ गतेसम्म अन्तिम दिन रहेको प्रतियोगिता संयोजक प्रधानले बताए । उनका अनुसार, प्रतियोगिताको लागि टिम दर्ता शुल्क एक हजार रुपैयाँ तोकिएको छ । कमानेको कभर्डहल तथा औधोगिक रुक्षेत्रको कभर्डहलमा हुने प्रतियोगिताको प्रमथ, दोस्रो र तेस्रो हुनेलाई क्रमशः नगद १५ हजार रुपैयाँ, १० हजार रुपैयाँ र तेस्रो हुनेलाई ५ हजार रुपैयाँसहित शिल्ड, मेडल प्रदान गरिनेछ ।
खेलमा सहभागिता जनाउन खेलाडीहरु एउटै वडामा बसोबास गरेको हुनुपर्नेछ । जिल्ला बाहिरको खेलाडीहरुको हकमा कार्यरत संस्थाको वडालाई मान्यता दिइने आयोजकले जानकारी दिएको छ । खेलाडीलाई सिनियर र जुनियर छुट्याएर दुई भागमा विभाजन गरिनेछ ।

