हेटौंडामा हाँस्यव्यंग्यकार अर्यालको जन्मजयन्ती मनाइयो

हेटौंडा टुडे
५ आश्विन २०७८, मंगलवार ११:५२

हेटौँडा / वरिष्ठ हाँस्यव्यंग्यकार भैरव अर्यालको जन्मजयन्ती हेटौंडामा मनाइएको छ । हेटौंडा–५ स्थित पुष्पलाल स्मृति पार्कस्थित स्वर्गीय भैरव अर्यालको सालिकमा माल्यार्पण गर्नुका साथै मकवानपुरका साहित्यकारहरुले रचना वाचन गरेर भैरव अर्याललाई स्मरण गरेका छन् ।

सिस्नुपानी नेपाल मकवानपुरका उपाध्यक्ष राजकुमार लामिछानेको सभाध्यक्षतामा भएको कार्यक्रममा साहित्य संगम मकवानपुरका अध्यक्ष निमेष निखिलको प्रमुख आतिथ्य रहेको थियो । कार्यक्रममा साहित्यकारहरु मुक्तिगोविन्द वैद्य, पुरुषोत्तम आचार्य, अनिता न्यौपाने र देवराज खरेल लगायतका उपस्थित रहेको थियो ।

बि.सं. १९९३ सालमा जन्मनुभएका अर्यालको २०३३ सालमा निधन भएको हो ।

प्रतिक्रिया दिनुहोस

  • प्रतिक्रियाहरु

preload imagepreload image