एमाले फुटेको भाँडो जस्तै हुन् : माेक्तान

हेटौंडा टुडे
१२ आश्विन २०७८, मंगलवार २०:१६

हेटौंडा । नेकपा (माअाेवादी केन्द्र) की केन्द्रीय सदस्य तथा मकवानपुर जिल्ला इन्चार्ज कुमारी माेक्तानले एमाले पार्टी फुटेको भाँडो जस्तै भएको र फुटेको भाँडोको मूल्य र मुल्यांकन जनताले बेग्लै गर्ने बताएकी छन् । अब नेपाली जनताले यथास्थितिवादी पश्चगामी विचार बोक्ने पार्टी नरोज्ने र जनताप्रति जिम्मेवार पार्टी माओवादी नेपाली जनताको रोजाईको पार्टी हुने उल्लेख गरेकी छन् । मंगलबार भीमफेदी – ९ काे पार्टी वडा सम्मेलनलाई सम्बाेधन गर्दै उनलेे साे कुरा बताएकी हुन् । अब माओवादीमा ०६४ मा जस्तै जन लहर आउने उनले उल्लेख गरिन्।

सम्मेलनले मिलन गोले अध्यक्ष रहनेगरि २९ सदस्यीय वडा पार्टी कमिटी चयन गरिएको छ । यसैगरी, विकास मोक्तान अध्यक्ष रहने गरि २५ सदस्यीय वाइसीएल वडा कमिटी चयन भएको छ । सम्मेलनमा एमाले काँग्रेस पार्टी परित्याग गरी ४१ जना माओवादी केन्द्रमा प्रवेश गरेका छन् । प्रवेश गर्नेहरूमा उज्ज्वल पुलामी मगर ,देब बहादुर मोक्तान ,चन्द्र लामा, कमल लामा, राम बहादुर मोक्तान , वीरमान मोक्तान, कपिल तामाङ, श्रीमान मोक्तान लगायत रहेकाे केन्द्रका मकवानपुर प्रचारप्रसार विभाग प्रमुख कमान सिं पाख्रिन (पृथक) ले जानकारी दिए ।

पार्टी वडा सचिव उदय हट्वालले सञ्चालन गरेको सम्मेलनमा पार्टी जिल्ला सचिवालय सदस्य तथा भिमफेदी गाउँपालिका कमिटी इन्चार्ज बद्री बहादुर स्याङ्तान , जिल्ला समन्वय सदस्यहरु रन्जित कुमार राना, अप्सरा लोप्चन, प्रीति लाल लामा, मदन बर्तौला, आत्माराम मुक्तान , गाउँपालिका पार्टी अध्यक्ष दिपक गोले, सदस्य सिताराम रुम्बा, वाइसीएल अध्यक्ष बुद्धि मान बज्यु , सचिव दिपक आलेसहितको आतिथ्यता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस

  • प्रतिक्रियाहरु

preload imagepreload image