
हेटौँडा/ हेटौँडामा विजया दशमी २०७८ को अवसर पारेर हेटौंडा रन प्रतियोगिता हुने भएको छ । प्रतियोगिता यही असोज २१ गते घटस्थापनाका दिन आयोजना हुने प्रतियोगिता आयोजना हुने जनाइएको छ । हेटौंडा उपमहानगरपालिका तथा नगर खेलकुद विकास समिति हेटौंडाको आयोजनामा प्रतियोगिता गर्न लागेको नगर खेलकुद विकास समितिका अध्यक्ष चन्द्र शाहीले बताए । शाहीका अनुसार हेटौंडा उपमहानगरपालिकालाई खेल क्षेत्रमा उत्कृष्ट नगरपालिका बनाउने उद्देश्य रहेको जनाए ।
हेटौंडा–४ स्थित हुप्र चौरबाट सुरु हुने दौड शीतलमहल चोकबाट कान्तिराजपथ हुँदै क्याम्पा डाँडाको खेलमैदान पुगेर गर्दोही चोकबाट हुप्र चौर आएर समापन हुनेछ ।
प्रतियोगितामा हेटौंडा उपमहानगरपालिकाभित्र रहेका क्लब, संघसंस्था र हेटौंडा उपमहानगरपालिकाका स्थायी बासिन्दाहरुले मात्र सहभागिता जनाउन पाउने छन तथा बसाईंसराई गरी आएकाको हकमा सोको प्रमाणपत्रको प्रतिलिपि पेश गर्नुपर्ने छ । प्रतियोगितामा प्रथम, द्वितीय तथा तृतीय हुनेलाई क्रमशः १५ हजार, १० हजार र ७ हजार प्रदान गर्ने योजना रहेपनि पुरस्कारको विषयमा अन्तिम निर्णय हुन बाँकी रहेको छ ।
तियोगिताका लागि वडा प्रहरी कार्यालय हेटौंडा, जिल्ला ट्राफिक प्रहरी कार्यालय मकवानपुर तथा हेटौंडाभित्र रहेका क्लब तथा संघसंस्थाहरुसँग सहकार्य गरिने पनि अध्यक्ष शाहीले बताए ।

