कैलाश गाउँपालिका अध्यक्ष सहित ६ जना विरुद्ध अदालतमा मुद्दा दायर

हेटौंडा टुडे
१६ आश्विन २०७८, शनिबार ११:१४

हेटौँडा/ मकवानपुरको कैलाश गाउँपालिका अध्यक्ष टंक मोक्तान सहित ६ जना विरुद्ध अदालतमा मुद्दा दायर भएको छ। पत्रकारिता तालिमका नाममा भ्रष्टाचार गरेको अभियोगमा कैलाश गाउँपालिकाका अध्यक्षसहित ६ जना विरुद्ध अदालतमा मुद्धा दायर भएको हो।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गाउँपालिका अध्यक्ष टंकबहादुर मुक्तानसहित ६ जनाबिरूद्ध मुद्धा दायर गरेको हो । अख्तियारले फिलिंगो मिडियाका सञ्चालक , तत्कालिन प्रमुख प्रशासकिय अधिकृत लोकबहादुर कुसारी, लेखापाल सुजन श्रेष्ठ, आन्तरिक लेखापरीक्षक त्रिलोक थापामगर र सामाजिक विकास अधिकृत मोहनप्रसाद पौडेल विरुद्ध बिशेष अदालतका काठमाडौंमा मुद्धा दायर गरेको जनाएको छ ।

उनिहरुले आर्थिक वर्ष २०७५र०७६ मा आधारभूत पत्रकारिता तालिम र युवा क्षमता विकास तालिम संचालन गर्ने भन्दै कार्यकर्तालाई नेकपा एमालेको राजनीतिक दर्शन जनताको बहुदलीय जनवादु बारे प्रशिक्षण दिइएको थियो । यसबारे चौतर्फी विरोध र संचारमाध्यममा सार्वजनिक भएपछि अख्तियारले जाँच थालेको थियो ।

अख्तियारले तालिममा २ लाख ६० हजार ९ सय बढी रकम भुक्तानी गरेको पुष्टि भएको आयोगका प्रवक्ता सहसचिव नारायणप्रसाद रिसालले जानकारी दिए ।अख्तियारले भ्रष्टाचार निवारण ऐन २०५९ को दफा १७ ९८०, ९३० बमोजिम सजाय गरि बिगो असुल गर्न माग दावी गरेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*