
मकवानपुर गढी ३ मक्रान्चुली भानु मीनि पिचमा आज बाट रनिङ्ग शिल्ड फुटबल प्रतियोगिता शुरु भएको छ । खेल २३ गतेसम्म संचालन हुनेछ । आज हुने खेल प्रतियोगितामा ६ टिम बिच खेल हुदैँ छ । पहिलो दिन पहिलो टिम सौजन्य युवा क्लब ए र प्रतिभा युवा क्लब बि बिच भएको खेलमा सौजन्य युवा क्लब ए ले ३ – ४ गोल अन्तरले प्रतिभा युवा क्लब बि लाई पराजित गरेको छ । भने दोस्रो खेल वडा नंम्बर ८ ए र सनराईज युवा क्लब बि बीच भईरहेको छ ।
आज भईरहेको ६ खेलमा विभिन्न टिमले प्रतिस्पर्धा गर्दै छ । जसमा सौजन्य युवा क्लब ए र प्रतिभा युवा क्लब बि को खेल सम्पन्न भईसकेको छ । अब हुने खेलमा वडा नंम्बर ८ ए र सनराईज युवा क्लब बि, चन्द्र सूर्य युवा क्लब ए र गढि स्टार स्पोर्ट क्लब बि, देविडाडाँ युवा क्लब ए र मनकामना युवा क्लब बि, शिखरकटेरी युवा क्लब ए र उद्यमशील युवा क्लब बि, गढि स्टार स्पोर्ट आयोजक ए र देविथान टोल विकास समूह बि बीच खेल हुने गढि स्टार स्पोर्ट क्लबका खेल संयोजक बिदुर हुमागाईले हेटौँडा टुडेलाई बताए ।
खेलमा बिजेता समुहले नगद ५०००० सहित ट्रफी,मेडल र प्रमाणपत्र उपबिजेता समुहले नगद ३५००० सहित र तेस्रो हुने समुहले नगद २०००० मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन् भने खेल अवधिभर उत्कृस्ट खेलाडी ,गोल रक्षक र सर्वाधिक गोलकर्ता लाई समेत ट्रफी प्रदान गरिने छ ।
आज भएको उदघाटन कार्यक्रम मकवानपुरगढी गाउँपालिका अध्यक्ष बिदुर हुमागाईको प्रमुख आतिथ्यतामा सम्पन्न भएकाृ थियो ।

