थाहानगरमा शिक्षाका कर्मचारीको तलब वृद्धि

हेटौंडा टुडे
१९ आश्विन २०७८, मंगलवार २१:०९

हेटौंडा ।  बिद्यालयमा लामो समयदेखि न्युनतम सुबिधामा कार्य गर्दै आएका प्रारम्भिक बाल विकास केन्द्रका सहजकर्ता, बिद्यालय कर्मचारी र लेखा सहयोगीको सुबिधामा नेपाल सरकारले गत बजेट भाषणमा उल्लेख गरे अनुसारको सुबिधा दिन थाहा नगरपालिका असमर्थ भएतापनि केहि सुबिधा थप गरेको छ ।

थाहा नगरपालिका शिक्षा शाखाका अनुसार बिद्यालय कर्माचारीको मासिक तलब ८ हजारका दरले निकाशा गरेकोमा शिक्षा समितिको निर्णय अनुसार १० हजार पुर्याएको छ ।

तेस्तै बालबिकास सहजकर्ताको तलब १० हजारको दरले निकाशा गरिएकोमा १२ हजार पुर्याएको छ भने बिद्यालय लेखा सहयोगीको तलब १३ हजार ५ सयका दरले निकाशा गरिएकोमा १५ हजार पुर्याईएको छ ।

बढ तलब येहि साउन महिनादेखि नै लागु हुने र आगामी कार्तिक महिनाको निकाशामा बढेको तलब एकमुष्ठ निकाशा गरिने थाहा नगरपालिका शिक्षा समितिका सदस्य सुमन कार्कीले बताउनुभयो ।

संघीय सरकारले बालविकास सहजकर्ता, लेखा सहयोगी र बिद्यालय कर्मचारीको तलब स्थानीय सरकारले समेत वृद्धि गरि १५ हजार पुर्याउने वजेट भाषणमै सम्बोधन गरेतापनि पर्याप्त बजेट नहुँदा उक्त तलब ब्यवस्था गर्न नसकिएको शिक्षा समितिका संयोजक शशिधर सुबेदीले बताउनुभयो ।

बजेट भाषणमै उल्लेख भए अनुसारकै तलब थाहा नगरपालिकाले ब्यवस्था गर्नु पर्ने नेपाल शिक्षक महासंघ थाहा नगर कमिटिका सहअध्यक्ष महेन्द्र प्रधानले बताउनुभयो ।
प्रधानले लामो समयदेखि श्रम ऐनमा निर्धारण भएको भन्दा कम तलब सुबिधामा काम गरिरहेका बालबिकास सहजकर्ता, बिद्यालय कर्मचारी र लेखा सहयोगीलाई कम्तिमा १५ हजार नै तलब सुबिधा उपलब्ध गराउन नगरपालिका समक्ष माग गर्नुभयो ।

एकीकृत अखिल नेपाल शिक्षक संगठन थाहा नगर कमिटि अध्यक्ष मनोज रायमाझीले शिक्षकका पेशागत संगठनको आन्दोलन र दवाबका कारण थोरै भएपनि तलबमा वृद्धि भएको र सरकारले तोके बमोजिमको सुबिधा दिन नगरपालिकालाई अनुरोध गर्नुभयो ।

नगरपालिकाले संघीय सरकारले निर्धारण गरे बमोजिमकै तलब सुबिधा उपलब्ध गराउन पर्नेमा बालबिकास सहजकर्ताको माग भएतापनि आगामी बर्षमा उक्त निर्णय समयमै गरि सरकारले तोके बमोजिम नै तलब निकाशा गर्नको लागि सेती गणेश आधारभुत बिद्यालयकी बालबिकास सहजकर्ता शोभा बस्नेतले नगरपालिकालाई आग्रह गर्नुभयो ।

थाहानगरका बिद्यालयहरुमा बाल बिकास सहजकर्ता ६२ जना, बिद्यालय कर्मचारी ५३ जना र लेखा सहयोगी ११ जना कार्यरत छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*