हेेेटौंडा। मकवानपुरको मनहरी गाउँपालिका वडा न ३ मा जारी फुटबल प्रतियोगिताको मंगलबार तीन वटा खेल भएको छ । जनआदर्श समाज युवा क्लबको आयोजनामा यही असोज १२ गतेदेखि मनहरीको हाँडिखोल स्थित सिद्धकालीमा भइरहेको उक्त प्रतियोगिताको मंगलबार तीन वटा खेल भएको हो ।
मंगलबार भएको प्रतियोगिताको पहिलो खेलमा लामा बस्ती युवा क्लब विजयी भएको छ । सुन्दर युवा क्लबलाई ५–० को गोल अन्तरले पराजित गर्दै लामा बस्ती युवा क्लब सेमी फाइनलमा प्रवेश गरेको हो । आज भएको पहिलो खेलको लामा बस्ती क्लबकको जर्सी न ९ समीर आर्यल म्यान अफ द म्याच भएको छ ।
यस्तै, दोस्रो खेलमा युवा जगृती क्लब विजयी भएको छन् । एफ सी विजौना क्लबलाई ४–३ को गोल अन्तरले पराजित गर्दै युवा जगृती क्लब विजयी भएको हो । आज भएको दोस्रो खेलको युबा जागृति क्लबको जर्सी न ३ हरि स्याङ्तान म्यान अफ द म्याच भएको हो।
यसैगरी, तेस्रो खेलमा जन सिद्ध युवा क्लब बी विजयी भएका छन् । एफ सी पालदमार ११ युवा क्लबलाई १–० गोल अन्तरले पराजित गर्दै जन सिद्ध युवा क्लब सेमी फाइनलमा प्रवेश गरेको र आजको तेस्रो खेलको एफ सी पालदमार ११ का जर्सी न ६ का मिलन तितुङ म्यान अफ द म्याच भएको आयोजक समितिका सल्लाकार बिशाल घलानले जानकारी दिए ।
भोली बुधबार २ खेल हुने आयोजकका सल्लाकार घलानले जनाएको छ । उनका अनुसर पहिलो खेलमा युवा जागृति र जनसिद्ध युव क्लाबविच भिडन्त हुने भएको छ । भने दोस्रो खेलमा लामा बस्ती र जन जागरण युवा क्लब विच प्रतिस्पर्दा हुने आयोजकले जानकारी दिए ।
जनआदर्श समाज युवा मनहरी–३ ले बडा दशैंको अवसरमा आयोजना गरेको उक्त प्रतियोगिता असोज २२ गतेसम्म संचालन हुनेछ । प्रतियोगिताको विजेताले नगद ५० हजार रुपैयाँ र उपविजेताले २५ हजार रुपैयाँसहित ट्रफी र मेडलसहित प्रमाणपत्र प्राप्त गर्ने छन् भने सर्वोत्कृष्ट खेलाडी, विधागत उत्कृष्ट खेलाडी र म्यान अफ द म्याचलाईसमेत पुरस्कारको व्यवस्था गरिएको आयोजकले जनाएको छ ।