
हेटौँडा/ साफ च्याम्पियनसिप फुटबलका लागि माल्दिभ्समा रहेको नेपाली फुटबल टिमले दसैँ मनाएको छ । मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुदाइरीसहित नेपाली टिमका सबै सदस्यले टीका, जमरा लगाएर दसैँ मनाएका हुन् ।
नेपाली फुटबल दसैँ मनाएको तस्बिरहरू एन्फाले सार्वजनिक गरेको छ ।
साफ च्याम्पियनसिपमा नेपाल फाइनल प्रवेश गरिसकेको छ । फाइनलमा नेपालले भोलि राति ८ः४५ बजे भारतको सामना गर्दैछ । नेपाल बंगलादेशसँग बराबरी गरेर फाइलन प्रवेश गरेको छ । भारत आयोजक माल्दिभ्सलाई हराएर फाइनल प्रवेश गरेको हो ।


सेयर गर्नुहोस्