कलाकर्मीहरुले यसरी मनाए बडा दसैँ

हेटौंडा टुडे
३१ आश्विन २०७८, आईतवार ०९:५८

हेटौँडा । नेपालीहरुको महान् चाड दशैंको दिन आफू भन्दा ठूलाको हातबाट टिका र जमरा लगाएर आर्शिवाद लिने दिन । नेपाली चलचित्र तथा सांगीतिक क्षेत्रका कलाकर्मीहरुले पनि विशेष रुपमा दसैँ मनाएका छन ।

गतबर्ष कोरोनाका कारण दशैंलाई खुलेर मनाउन नपाएका धेरै कलाकर्मीले यसपटक भने विशेष रुपमा मनाएको देखियो । नायक अनमोल केसीले आफ्ना पिता भुवन केसीको हातबाट टिका र जमरा लगाए । साथै, उनले आफ्ना आफन्तको हातबाट पनि टिका लगाएका छन् ।

नायिका केकी अधिकारीले आफ्नी हजुरआमा, माता–पिताको हातबाट टिका लगाइन् । टिका लगाउँदा केकी निक्कै खुशी देखिएकी थिइन् ।

अभिनेत्री ऋचा शर्माले आफ्नो विवाहपछि पहिलोपटक दशैं मनाएको जानकारी दिँदै फेसबुकमा केही तस्वीरहरु शेयर गरेकी छिन् । अभिनेत्री करिष्मा मानन्धर, रेखा थापा लगायतले पनि दशैंको टीकाको तस्वीर फेसबुकमा शेयर गरेका छन् ।

नायक पल शाहले पनि सामाजिक संजालमा दशैंको टिका लगाएको तस्वीर पोष्ट गरेका छन् । उनले आफ्नो आमा र बुबाको हातबाट टिका लगाएका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*