हेटौंडा/मकवानपुर प्रहरीले लागुऔषध डाईजेपाम,फेनार्गन र नुफिन सहित २ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा २ जना भारतिय नागरिक बिहारका २२ वर्षीय सद्दाम अन्सारी र १८ वर्षीय रोहान आलम रहेको मकवानपुर प्रहरीले जनाएको छ ।
ईलाका प्रहरी कार्यालय मनहरीबाट खटिएको प्रहरी टोलीले बिहीबार (आज) बिहान चेकजाँच गर्ने क्रममा उनीहरुलाई पक्राउ गरेको हो । पुर्व पश्चिम लोकमार्गमा सडक खण्ड अन्तरगत बिरगंजबाट चितवन तर्फ जादै गरेको ना ७ ख २०१९ नम्बरको यात्रु बस रोकी चेकजाँच गर्ने क्रममा उक्त बसमा सवार रहेका अन्सारी र आलमले लुकाई छिपाई ल्याएको लागुऔषध डाईजेपाम ३०० एम्पुल ,फेनार्गन ३०६ एम्पुल र नुफिन ३४० एम्पुल फेला परेको हो ।
उक्त फेला परेको लागुऔषध सहित अन्सारी र आलम द्वयलाई पक्राउ गरी अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।
सेयर गर्नुहोस्