
हेटौंडा । कार्तिक १६ गतेबाट सुरु भएको मवानपुरगढी गाउपालिका स्तरीय शिक्षक फुटबल प्रतियोगिताको उपाधी आयोजक टिम भानु माबि मक्रान्चुलिले जितेको छ । बुधबार भएको फाईनल खेलमा भानु माबीे, बंशगोपाल माबी संंग १२-३ गोल अन्तरले बिजयी भएको हो । मकवानपुरगढी गाउँपालिकामा वडा नम्बबर ३ भानु मिनि पिच आयोजना भएको प्रतियोगितामा ११ विद्यालयका शिक्षक टिमको सहभागिता रहेको थियो ।
प्रतियोगितामा बंशगोपाल माबी द्धितिय र रानीशेरा माबी तृतिय भएको छ । प्रतियोगितामा प्रथम हुनेले नगद १५ हजार र ट्रफि र , द्धितिय हुनेले ८ हजार र ट्रफि र तृतिय हुनेले ५ हजार र ट्रफि प्रमाणपत्र प्राप्त गरेका छन ।
प्रतियोगितामा बेस्ट गोल किपर शिबराम फुँयाल सर्बाधिक गोलकर्ता भरतमोहन देबकोटा उत्कृष्ट डिफेन्डर सुमन थिङ घोषीत भएका छन । प्रतियोगिताको समापन कार्यक्रममा बागमती प्रदेश सामाजिक विकास मन्त्री कुमारी मोक्तानको प्रमुख आतिथ्यता रहेको थियो ।

