थाहानगर/बिनयबाबु स्मृति प्रतिष्ठान थाहा नगरपालिकाले आयोजना गरेको बिनयबाबु स्मृति रनिङ शिल्ड जिल्ला स्तरीय पुरुष भलिबल प्रतियोगिताको फाइनलमा आयोजक बिनयबाबु स्मृति प्रतिष्ठान र आमभन्ज्याङ युवा क्लब पुगेका छन् ।
बिहिबार भएको सेमिफाइनल खेलमा बिनयबाबु प्रतिष्ठानले नमुना जनजागरण युवा क्लबलाई २५-१८, २५-१४ र २५-११को सोझो सेटमा पराजित गरि फाइनलमा पुगेको हो ।
तेस्तै आमभन्ज्याङ युवा क्लबले नब प्रतिभा युवा क्लब बज्रबाराहीलाई २५-१९, २५-२७, १९-२५, २१-२५ र १५-११ को सेटमा पराजित गरि फाईनलमा प्रबेश गरेका हो ।
आज भएको पहिलो सेमिफाईनल खेलमा आमभन्ज्याङ युवा क्लबका खेलाडी बिशाल गोपाली र दोस्रो सेमिफाइनल खेलमा आयोजक बिनयबाबु स्मृति प्रतिष्ठानका खेलाडी उपाश बिष्ट म्यान अफ द म्याच भएका थिए।
कात्तिक १६ देखि भएको भलिबल प्रतियोगितामा १७ टिमको सहभागिता रहेको थियो ।
फाइनल खेल कात्तिक १९ गते बिहान १० बजेदेखि संचालन हुने आयोजक प्रतिष्ठानका अध्यक्ष शंकर कार्कीले बताउनुभयो ।बिजेता टिमले ५१ हजार ५१ रुपैयाँ नगद, शिल्ड, मेडल, प्रमाणपत्र प्राप्त गर्नेछन् भने उपबिजेता टिमले २६ हजार २६ रुपैयाँ नगद, शिल्ड, मेडल, प्रमाणपत्र प्राप्त गर्नेछन् ।
त्यस्तै समारोहमा उत्कृष्ट खेलाडी, उत्कृष्ट स्पाइकर, उत्कृष्ट सेटर, उत्कृष्ट सटर, उत्कृष्ट डिफेण्डर, उत्कृष्ट कोच, उदयमान खेलाडी गरि ७ बिधामा सम्मान गरिने प्रतिष्ठानका अध्यक्ष कार्कीले बताउनुभयो ।