अपडेटः नेवारपानिमा देउसी खेल्न हिडेकालाई बसले ठक्कर दिँदा २ जनाको मृत्यु, स्थानियद्वारा बसमा आगजनी

हेटौंडा टुडे
२१ कार्तिक २०७८, आईतवार १०:०२

हेटौँडा /  गएराती देउसी भैलो खेल्ल हिडेकालाई नेवारपानी नजिक नजिक बसले ठक्कर दिँदा दुईजनाको मृत्यु भएको छ भने ८ जना घाईते भएका छन् ।रौतहटको गौरबाट हेटौंडा हुँदै नारायणगढ तर्फ जादै गरेको बागमती प्रदेश ०३ ००१ ख ०९३६ नम्बरको को बसले देउसी खेल्न हिडेका पैदल यात्रुलाई ठक्कर दिदा दुई जना पैदल यात्रुको मृत्यु भएको हो । मृत्य हुनेमा हेटौडा उपमहानगरपालिका वडा नम्बर-१९ नेवारपानीका २० बर्षका सुरज विष्ट र चितवन पिप्लेका ३४ बर्षका प्रेमबहादुर सिंह ठकुरी रहेको मकवानपुर प्रहरीले जानकारी दिएको छ ।

घटना गएराति पौने १० बजेको हो । बसको ठक्करले अन्य ८ जना घाईते भएकोमा ७ जना सामान्य उपचार पछि डिस्चार्ज भएर घर फर्किसकेको र एक जनाको उपचार भईरहेको प्रवक्ता जयश्वर रिमालको भनाई छ ।

ठक्कर दिने बसमा स्थानीयले आगजनी गरेका छन् । आगजनीबाट बस पुर्ण रूपमा जलेर नष्ट भएको छ । घटनापछि बसका चालक फरार रहेको र उनको खोजी कार्य भइरहेको प्रहरीले जानकारी दिएको छ । घटनापछि बसका चालक तहट चन्द्रपुर-६ का ३८ वर्षीय अमित कुमार कार्कीलाई नियन्त्रणमा लिईएको छ ।

प्रतिक्रिया दिनुहोस

  • प्रतिक्रियाहरु

preload imagepreload image