रौतहटमा कार दुर्घटना हुँदा ४ भारतीयको मृत्यु

हेटौंडा टुडे
२८ कार्तिक २०७८, आईतवार १०:२९

हेटौँडा/ रौतहटमा कार दुर्घटना हुँदा ४ जना भारतीय नागरिकको मृत्यु भएको छ । रौतहटको यमुनामाई गाउँपालिका–५ जुनखुनुवामा शनिबार राति कार दुर्घटना हुँदा उनीहरुको मृत्यु भएको प्रहरी जानकारी दिएको छ ।

मृत्यु भएका मध्ये भारतको बिहार राज्यको बखरी बेतौना घर भएका अरुण साह र दिनानाथ साहको सनाखत भएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ । कारमा सवार अन्यको परिचय खुल्न सकेको छैन ।

शनिबार राति भएको कारदुर्घटनमा युके १२ सी २९०० नम्बरको कार सडक भन्दा तलको खाल्डोको पानीमा डुबेको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । कारको सिसा फोडेर चार जना पुरुषलाई बाहिर निकालेर अस्पताल पु¥याउँदा चिकित्सकले चारै जनाको मृत्यु भएको घोषणा गरेका थिए । घटनाको बारेमा अनुसन्धान थालिएको रौतहट प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

  • प्रतिक्रियाहरु

preload imagepreload image