मकवानपुरको यु–१९ क्रिकेट टिमलाई बिदाई

हेटौंडा टुडे
२८ कार्तिक २०७८, आईतवार १२:२५

हेटौँडा/ वाई–वाई यु–१९ बागमती प्रदेशको छनौट प्रतियोगिताको लागि मकवानपुरको यु–१९ क्रिकेट टिमलाई बिदाई गरिएको छ । जिल्ला खेलकुद विकास समिति मकवानपुरमा आइतबार एक कार्यक्रमको आयोजना गर्दै १६ जना खेलाडीहरुलाई बिदाई गरिएको हो ।

मकवानपुरबाट खेलाडीहरु आज काठमाडौं जानेछन् । काठमाडौंको मुलपानीमा सोमबारबाट हुने बागमती प्रदेशस्तरिय छनौट प्रतियोगिताका लागी सन्देश ढकाल ९टिम म्यानेजर, रवीन गुरुङ (कोच), विपुल खनाल (क्यापटेन), सरन गौतम, सक्षम बस्ताकोटी, गोकुल अधिकारी, आस्तिक दहाल, दिपन बानिया, सुमित कडेल, विशेष थापा, नाबी आलम, सरोज यादव, घनश्याम पौडेल, कुलश केसी, गौरव श्रेष्ठ, धु्रव विष्ट, विप्र खतिवडा र अमुल न्यौपानलाई बिदाई गरिएको हो ।

खेलाडीहरुलाई बिदाई गर्दै जिल्ला खेलकुद विकास समिति मकवानपुरका अध्यक्ष सानु लामाले खेलाडीहरुलाई उत्कृष्ट प्रदर्शन गर्न आग्रह गर्नुभयो । अनुशासनमा रहेर आफ्नो क्षमताअनुसारको प्रदर्शन गर्न भन्दै जितको शुभकामना दिनुभएको छ । उहाँले क्रिकेट खेलाडीहरुलाई आवश्कता अनुसार सहयोग गर्दै आएको बताउँदै खेलाडीहरुको लागि मकवानपुरको गौरीटारमा छुट्ट्रै क्रिकेट मैदान बनाउने बारे छलफल भइरहेको बताउनुभयो । बिदाई कार्यक्रममा जिल्ला खेलकुद विकास समिति मकवानपुरका कार्यालय प्रमुख राजन दाहाल, क्रिकेट संघ मकवानपुरका अध्यक्ष बासुलाल श्रेष्ठ, क्रिकेट संघको केन्द्रिय सदसय करण महत्रा लगायतको उपस्थिति रहेको थियो ।

मकवानपुरको यु–१९ क्रिकेट टिमले सोमबार नुवकोट र मंगलबार भक्तपुरको टिमसँग प्रतिपस्र्धा गर्ने टिम म्यानेजर सन्देश ढकालले बताउनुभयो । बागमती प्रदेशस्तरिय छनौट प्रतियोगितामा प्रदेशको ६ जिल्लाको सहभागिता रहेको छ । ललितपुर, चितवन, काठमाडौं समूह ए मा छन् । यस्तै नुवाकोट, भक्तपुर र मकवानपुर समूह बीमा रहेको छ ।

 

प्रतिक्रिया दिनुहोस

  • प्रतिक्रियाहरु

preload imagepreload image