
हेटौंडा। मकवानपुरकी कांग्रेस नेतृ स्वर्गीय चित्रकुमारी गुरुङको स्मृतिमा हेटौंडा-८ कमानेमा नकआउट फुटबल प्रतियोगिता सुरु भएको छ।
नेपाल लोकतान्त्रिक खेलकुद संघ मकवानपुरको आयोजना तथा हेटौंडा ८ देबनगर टोलको आयोजनामा बुधबार (आज) बाट हेटौंडा -८ कमानेमा स्वर्गीय गुरुङको स्मृतिमा सेबेन ए साइड मैत्रीपुर्ण नकआउट फुटबल प्रतियोगिता सुरु भएको छ। उक्त प्रतियोगिताको बुधबार कांग्रेस हेटौंडा नगर सभापति उत्सव ईटेनीले उदघाटन गरेका छन।
प्रतियोगिता उदघाटन कार्यक्रममा हेटौंडा-५ का वडाध्यक्ष राजेश बानियाँ,हेटौंडा-६ का वडाध्यक्ष अर्जुन प्रसाद चौलागाई,कांग्रेस हेटौँडा नगर उपसभापति डोल्मा तामाङ,कांग्रेस हेटौंडा-८ का सभापति भुपेन्द्र कोइराला,कांग्रेस हेटौँडा-१० का सभापति एवं लोकतान्त्रिक खेलकुद संघ मकवानपुर उपाध्यक्ष युवराज भोम्जन, सर्मिला श्रेष्ठ लगायतको उपस्थिती रहेको थियो।
मंसिर ४ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा १२ टिमको सहभागिता रहेको छ। विजेता र उपविजेता टिमले क्रमश नगद ३० हजार र १५ हजार पुरस्कार प्राप्त गर्ने आयोजकले जनाएको छ । सुरु भएको प्रतियोगिताको आजको खेलमा मैदा टोल र देवनगर टोल विजयी भएका छन।

