मनहरीमा सवारी दुर्घटना, करिब दुई दर्जन यात्रु घाइते, दुईको अवस्था गम्भीर

टुडे संवादाता
१३ मंसिर २०७८, सोमबार २०:४९

हेटौंडा। मकवानपुरको मनहरी-६  कत्लेखोलामा दुईवटा यात्रुबाहक बस ठोक्किदा २१ जना यात्रु घाइते भएको छन भने घाइते मध्ये दुई जना यात्रुको अवस्था गम्भीर रहेको  छ।

सोमबार साँझ  बिरगंज बाट चितवन तर्फ जादै गरेको ना ५ ख ७६२३ नम्बरको यात्रुबाहक बसलाई सोही दिशाबाट आउदै  गरेको ना ५ ख ८९३९ नम्बरको यात्रुबाहक बस एक आसपास ठक्कर खाई दुर्घटनाग्रस्त हुँदा २१ यात्रु घाइते भएका र घाइते मध्ये  चितवन राप्ती – ४ की २१ बर्षिय शम्झना तामाङ्  र सर्लाही हजरा बिगाह १ बस्ने १९ बर्षिय कमल कुमार थिङ गम्भीर घाइते रहेको मकवानपुर प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक जयश्वर रिमालले बताएका छन। दुवै घाइतेको चितवन स्थित अस्पतालमा उपचार भइरहेको जनाइएको छ।  बस तथा चालक प्रहरी नियन्त्रणमा रहेको जनाइएको छ

प्रतिक्रिया दिनुहोस

  • प्रतिक्रियाहरु

preload imagepreload image