बागमतीमा कोरोना विरुद्धको पूर्ण खोप लगाउने २८ लाख नाघे

हेटौंडा टुडे
१५ मंसिर २०७८, बुधबार १६:३३

हेटौँडा/ बागमती प्रदेशमा कोरोना भाइरस संक्रमण विरुद्धको पूर्ण खोप लगाउनेहरु ६८ प्रतिशत पुगिसकेका छन् । यस प्रदेशमा १८ वर्ष भन्दा माथीका २८ लाख ७२ हजार ७ सय ७ जना नागरिकलाई पूर्ण खोप दिइएको बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयका प्रवक्ता बसन्त अधिकारीले जानकारी दिनुभयो ।

यस प्रदेशमा पूर्ण मात्रामा खोप लगाउनेको सख्या धेरै रहेको छ । पहिलो मात्रा खोप लगाएर दोस्रो मात्रा खोप लगाउन बाँकी नागरिक भने ६ लाख १ हजार ९ सय १३ जना रहेको छ ।

पछील्ला दिनहरुमा खोप लागउनेक्रम निकै बढेको छ । सरकारकार खोप उपलब्ध पर्यात गराएसंगै पहिलो र दोस्रो डोज खोप लगाउनेको सख्या पनि बढेको हो ।

बागमती प्रदेशमा १८ वर्ष माथीका १८ प्रतिशत नागरिकलाई अझै खोप लगाउन बाँकी रहेको छ । अझै पनि ७ लाख ८३ हजार ३१ जना नागरिकले यस प्रदेशमा खोप लगाउन बाँकी रहेको अधिकारीले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस

  • प्रतिक्रियाहरु

preload imagepreload image