हेटौंडा भेट्रान्स कप फुटबल प्रतियोगिता मंसिर २७ गते देखि

टुडे संवादाता
१७ मंसिर २०७८, शुक्रबार १७:२८

हेटौंडा/हेटौंडा भेट्रान्स क्लबले सातौं हेटौंडा भेट्रान्स कप फुटबल प्रतियोगिता आगामी मंसिर २७ गतेदेखि आयोजना गर्ने भएको छ। शुक्रवार हेटौंडामा पत्रकार सम्मेलन गर्दै  मंसिर २७ गते देखि पौष ३ गते सम्म हेटौंडा भेट्रान्स हुनेबारे जानकारी दिईएको हो ।

क्याम्पाडाँडाको खेल मैदानमा हुने फुटवल प्रतियोगीतामा हेटौंडा उपमहानगरपालिका, प्रदेश विकास समिति र हेटौंडा स्कुल अफ म्यानेजमेटको सहयोगमा रहेको भेट्रान्स क्लवका संयोजक तथा नेपाल पत्रकार महासंघका मकवानपुर शाखामा अध्यक्ष मणिराज गौतमले बताए । गौतमका अनुसार प्रतियोगितामा २० वटा टिम सहभागि हुनेछन् ।

प्रतियोगिताको लागि करिब १२ लाख रुपैंया छुटाइएको र पहिलो हुने टिमलाई नगद १ लाख ११ हजार, दोस्रो हुने टिमलाई ५५ हजार ५ सय नगद पूरस्कार रहेको गौतमले बताए ।

पत्रकार सम्मेलनमा बोल्दै गौतमले कोरोनाको जोखिमलाई मध्यनजर गर्दै स्वास्थ्य मापदण्ड पूर्ण रुपमा पालना गरि सामाजिक तथा भौतिक दुरिको साथै दर्शक तथा अफिसियन खेलाडीहरुलाई मास्क र सेनिटाईजर अनिवार्य गरि प्रतियोगिता समापन गर्ने लक्ष्य रहेको बताए ।
उक्त प्रतियोगिताको लागि उपसमिति बनाई मैदान बनाउने, पानि हाल्ने १ महिना पहिले बाट नै भइरहेको छ । पहिलेको तुलनामा अहिले झनै राम्रो र भब्य बनाउने पनि गौतमले जानकारी दिए ।
पत्रकार सम्मेलनमा हेटौंडा भेट्रान्स क्लवका उपाध्यक्ष नमराज ब्रजाचार्य, हेटौंडा भेटन्स क्लवका संयोजक तथा पत्रकार महासंघका अध्यक्ष्य मणिराज गौतम, हेटौंडा भेटन्स क्लवका कोषाध्यक्ष रमेश उप्रेती र हेटौंडा भेट्रान्स क्लवका सदस्यहरु बिक्रम विष्ट, सञ्जय थापा, कृष्ण महर्जन लगाएतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस

  • प्रतिक्रियाहरु

preload imagepreload image