हेटौंडा/ मकवानपुर प्रहरीले अवैध रुपमा नदिजन्य पदार्थ उत्खनन गर्ने ७ ट्याक्टरलाई नियन्त्रणमा लिईएको छ ।
ईलाका प्रहरी कार्यालय मनहरी मकवानपुरबाट खटिएको प्रहरी टोलीले गस्ती गर्दै जाने क्रममा मनहरी–८ स्थित मनहरी खोलामा अवैध रुपमा नदिजन्य पदार्थ निकाल्दै गरेको अवस्थामा ३२ वटा ट्याक्टरलाई नियन्त्रणमा लिएको हो।
नियन्त्रणमा लिएको ट्याक्टरलाई आवश्यक कारवाहिको लागी मनहरी गाउँपालिकाको कार्यालय पठाईएको मकवानपुर प्रहरी प्रवक्ता डिएसपी जयश्वर रिमालले बताएका छन् ।
साथै प्रहरीले मंसिर महिनामा विभिन्न मितिमा जिल्लाका विभिन्न स्थानबाट अवैध रुपमा नदिजन्य पदार्थ उत्खनन गर्ने ३२ ट्याक्टरलाई कारवार्ही गरेको जनाएको छ ।
सेयर गर्नुहोस्