पाल मुनि बसेर थापा दम्पतीको गुहार : “रोगले भन्दा भोकले मर्ने भो”

टुडे संवादाता
२४ मंसिर २०७८, शुक्रबार १८:१५

हेटौंडा /हेटौंडा उपमहानगरपालिका वडा नम्बर ११ स्थित राप्ती खोलाको नजिकै पाल मुनि ७० वर्षिय बृद्ध श्याम बहादुर थापा र उनका ६१ वर्षिय श्रीमती कल्पना थापा बस्दै आएका छन् । बिगत १२ वर्ष देखी उनीहरु राप्ती खोलाको बगर छेउमा पाल मुनी बस्दै आएका हुन् । कल्पना थापा दृष्टी बिहीन छिन् ।

उमेर बृद्ध भएसँगै कल्पनाकोे दुबै आँखा बन्द छ । श्याम बहादुरले दिनभर मागेर बिहान बेलुकाको जोहो गर्दै आएका छन् । गरिबीकै कारणले उनका श्रीमतीको आँखाको उपचार गर्न नपाएकाले श्रीमती कल्पना दृष्टी बिहीन भएको उनी बताउँछन् । अरुले दिएको एक मुठि चामल पिठो , तरकारिले आफुहरुले आफ्नो दैनिक चलाउदै आएका थापा परिवारमा अरुलेले दिएको जडौरि कपडाले नै आफ्नो शरिर ढाक्न पर्ने बाध्यता रहेको छ ।

“४ महिना अघि १ बोरा चामल, २ किलो दाल, २ किलो नुन र २ लिटर तेल दिएर गएदेखी आज सम्म मेयर हरी बहादुर महत फर्केर आएका छैनन् ।” उनी बताउँछन् । “मैले भोट दिएर जिताएको थिए । अब भने हामी श्रीमान, श्रीमतीलाई जसले हेर्छ, हामी पनि त्यसलाइ नै भोट दिन्छौं ।” थापा दम्पति बताउछन ।

आफुहरु रोगले भन्दापनि भोकले मर्ने समस्याले गर्दा श्याम बहादुर आफ्नो श्रीमतिको जिबन धान्नका लागि केहि राहत स्वरुप खाना र लताकपडाको जोहो भए यो बुढेशकालमा शरिरले नसकेपनि दृष्टी बिहीन श्रीमतिलाई छाडेर माग्न जाने समस्याको हल हुन्छ कि भन्ने आस थापा दम्पतिलाई रहेको बताउछ्न  ।

 

 

 

 

 

हेर्नुहोस भिडियो

 

प्रतिक्रिया दिनुहोस

  • प्रतिक्रियाहरु

preload imagepreload image