पालमुनि बसेका थापा दम्पतिलाई विकेशलाल र राजारामको सहयोग

देबकोटा कान्छो मनोज
२५ मंसिर २०७८, शनिबार १९:५४

हेटौंडा/ हेटौंडा उपमहानगरपालिका वडा नम्बर ११ स्थित राप्ती खोलाको नजिकै पाल मुनि बस्दै आएका थापा दम्पतीलाई समाजसेवि एवं युवा व्यवसायी  विकेशलाल श्रेष्ठ र राजाराम बोगटिले सहयोग गरेका छन् ।

हिजो  (शुक्रबार)  हेटौंडा टुडेमा प्रकाशित पाल मुनि बसेर थापा दम्पतीको गुहार  “रोगले भन्दा भोकले मर्ने भो” भन्ने समाचार प्रकाशन पछि  आफुहरु थापा परिवारलाई सहयोग गर्न ईच्छुक भएको विकेशलाल श्रेष्ठले हेटौंडा टुडेलाई बताउनु भयो । विशेष कामले गर्दा काठमाडौं आएकोले  हेटौंडामा नभएपनी सहयोग लागि युवा नेता तथा सामाजिक अभियान्ता श्रेष्ठले ओडने ओछ्याउने खाधन्न , तरकारी तथा भाडाकुडा गरि करीब १२ हजार बराबरको राहत स्वरुप सहयोग गरेका हुन् ।

त्यस्तै यता बोगटीले  थापालाई नजिक बाट चिनेकोले गर्दा अझ पीडा महसुस भएकोले युवा व्यावसायि तथा युवा नेता राजाराम बोगटी बताउँछन् । भयो । आफू साना हुदा थापाले जिबिको पार्जनको लागि चलाउने गरेको रिक्सा र ठेला चलाएर आफू हुर्केको कुरा सम्झदै राहत सहयोग  बोगटीले थापा समक्ष अतीत सम्झदै थापा यो अबस्थामा देख्दा दुख ब्यक्त गर्नु भयो । आफू साना हुदा थापाले जिबिको पार्जनको लागि चलाउने गरेको रिस्सा र ठेला चलाएर आफू हुर्केको कुरा सम्झदै बोगटी राहत सहयोग रकम बित्तरण गर्दै थापा यो अबस्थामा देख्दा आफू दुखी भएको ब्यक्त गर्नु भयो । ।

साथै बोगटिले थापालाई राहत तथा सहयोग स्वरुप नगद  ५००० हस्तान्तरण गर्नु भएको थियो । बोगटिले थापा दम्पतीलाइ अहिले केहि समयको लागि मात्र यो राहत व्यवस्था गरेको र दिर्घकालिन रुपमा छुटकारा नपाउन भन्दै थापालाई बसोबासको व्यवस्था मिलाउन पहल गर्ने बोगटिले बताउनु भयो ।
श्याम बहादुर खुसी हुँदै भने, रोगले भन्दा नी भोकले मरिने डर थियो । यसरी खाधन्न ,भाडाकुडा,ओडनि ओछ्याउने लिएर हाम्रो लागि भगवान बनेर आईदिनु भयो भन्दै सबैलाई धन्यवाद ब्यक्त गर्नु भयो ।

प्रतिक्रिया दिनुहोस

  • प्रतिक्रियाहरु

preload imagepreload image