हेटौंडा/फागुन १३ देखि सार्वजनिक प्रदर्शनमा आउन लागेको फिल्म ‘प्रेमगीत ३’को हिन्दी संस्करणको गीत रेकर्डको काम पुरा भएको छ । निर्माण पक्षका अनुसार यो फिल्म नेपाली र हिन्दी भाषामा प्रदर्शन हुँदैछ ।
फिल्मको निर्माण कम्पनी आशुसेन फिल्मस्ले बुधबार विज्ञप्ती जारी गर्दै फिल्मका गीतको सबै काम पुरा भएको जनाएको छ । फिल्ममा राहत फतेह अली खानले ‘ये सनम तुही तु’, अंकित तिवारी र पलक मुछालले ‘तुम प्यार हो’ देव नेगी र पलक मुछालले ‘मुझ्मे बस् जना’मा स्वर दिएका छन् । यी गीतमा कुमार र एम तुराजको शब्द छ ।
फिल्ममा प्रदीप खड्का, क्रिस्टिना गुरुङ, सुनिल थापा, शिव श्रेष्ठ, मनिष राउत, सन्तोष सेन, लक्ष्मी बर्देवा, जिवन भट्टराई, पुष्कर कार्की, अनुभव रेग्मी, प्रेम पुरी, क्रिजन गौतमलगायतका कलाकारको अभिनय छ ।
सन्तोष सेनको लगानीमा निर्माण भएको फिल्ममा छेतेन गुरुङ र सन्तोष सेनको निर्देशन छ ।