१४ बर्षदेखि पेट फुल्ने समस्याबाट पीडित बन्दै मनहरीका स्याङ्तान (हेर्नुहोस भिडियो)

टुडे संवादाता
१ पुष २०७८, बिहीबार १८:५५

हेटौंडा/मकवानपुरको मनहरी गाउँपालिका वडा नम्बर २ स्थित भुन्द्रुङ टाँडी बस्ने माइतेसिं स्याङ्तान पेट फुल्ने समस्याबाट पीडित बनेका छन् । बिगत १४ बर्षदेखि पेट फुल्ने समस्याबाट पीडितबन्दै आएका स्याङ्तानले उपचारको लागि आर्थिक सहयोग जुटाइदिन आग्रह गरेका छन् । ६३ वर्षिय स्याङ्तान आर्थिक अवस्था कमजोर भएकै कारण उपचारबाट बञ्चित हुनुपरेको छ ।

हेटौंडा टुडे सँग आँसु पुच्दै भन्छन् “कतै बाट सहयोग आए म पनि बाँच्थे ।”

स्याङ्तानलाई पेट फुल्ने समस्या दिनप्रतिदिन बढ्दै गएपछि हेटौंडा अस्पतालमा उनको स्वास्थ्यजाँच गरिएको थियो । हेटौंडा अस्पतालले भरतपुरस्थित क्यान्सर हस्पिटल रिफर गरेको थियो । क्यान्सर हस्पिटलले सुरुवाती चरणमा घरमै बसेर केही औषधी सेवन गर्न र केही दिनमा पुन परिक्षणका लागि आउन भनेको थियो । तर, आर्थिक अवस्थाका विरामीलाई पुनः हस्पिटल लैजान नसकिएको स्याङ्तानको परिवारले जानकारी दिएका छन् ।

उनलाई के रोग लागेको हो र उपचार खर्च कति लाग्छ भन्ने एकिन भइसकेको छैन । तर, रोग पत्ता लगाउन अस्पतालसम्म पनि जाने अवस्था नरहेको भन्दै परिवारका सदस्यले दुखेसो गरेका छन् । स्याङतानका २ जना छोरीको विवाह भइसकेको र छोरा नोकरीको क्रममा घर बाहिर भएकोले थला परेका स्याङ्तानले निकै कष्ट भोग्नु परेको स्थानीयहरु बताउँछन् ।
हेर्नुहोस भिडियो

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*