मकवानपुरगढी र भिमफेदि गाँउपालिकाको सिमानामा बाटोको बिजोक

हेटौंडा टुडे
६ पुष २०७८, मंगलवार १४:२२

हेटौंडा/ स्थानिय सरकारको समयावधि सकिन लाग्दा पनि भिमफेदी गाँउपालिका वडा नम्बर १ को बाटोले अझै पनि पूर्णता पाउन सकेको छैन् ।
सडक निर्माणको लागि ६० लाख छुट्टाय पनि केहि समय अघि पर्यटकिय स्थलको रुपमा चिनिएको जोडि झर्ना जाने बाटोको अवस्थाले पौदल यात्री देखि सवारि चालकहरुले धुलो र खाल्टा खुल्टीको समस्या झेल्नु परेको छ ।

बजेटको अभाबको कारण हामिले हाम्रो वडाको बाटोलाई पूर्णता दिन नसकेको र वडा बजेटको लागि हामिले गाउँपालिका देखि प्रदेशमा समेत सिफारिस गरेको भिमफेदी गाँउपालिका वडा नम्बर १ का वडा अध्यक्ष श्याम कुमार बलले बताए ।
हेटौंडा टुडे सँग कुराकानि गर्दै हाल नै यो सडक निर्माण नहुने र यस्को लागि बजेट नपुगेको समेत वडा अध्यक्ष बलले जानकारी दिए ।

 

प्रतिक्रिया दिनुहोस

  • प्रतिक्रियाहरु

preload imagepreload image