
हेटौंडा । जिल्ला समन्वय समितिको आयोजनामा हेटौंडामा भएको स्थानीय तहमा बाल अधिकार संरक्षण तथा सेवा प्रवाह सम्बन्धी तीन दिवसीय जिल्ला स्तरीय प्रशिक्षण कार्यक्रम आज समापन हेटौंडामा भएको छ । बाल अधिकारको बारेमा हाल सम्म ५९० भन्दा बढि गाउँपालिकाहरुमा यस्ता कार्यक्रम गर्दै आएको र आगामी दिनमा सबै जिल्लाहरुमा नि गर्ने बाल राष्ट्यि संरक्षण केन्द्रका परार्मश दाता ज्ञानेन्द्र श्रेष्ठले बताउनु भयो । एक वर्षको अबधिमा यति धेरै ठाउँमा कार्यक्रम गर्न सक्नु सामान्य कुरा नरहेको र यस कार्यक्रमबाट साच्चै बालबालिकाहरुलाई सहयोग पुग्ने पनि श्रेष्ठले बताए ।
यसै गरि स्थानिय तहबाट नै कसरी बाल अधिकारको कुरालाई थप कार्यन्वयनमा ल्याउने र स्थानिय तहमा बालबालिकाको हक अधिकारको रेख देख गर्न छुट्टै कर्मचारि छुटाउनु पर्ने आवश्यक देखिएको मकवानपूर जिल्ला समन्वय समितिका उपाध्यक्ष भगवति पूडासैनिले बताउनु भयो । कार्यक्रममा बोल्दै उपाध्यक्ष पूडासैनिले बालबालिकाको लागि मकवानपूर जिल्ला समन्वय समिति सधै अघि सर्ने र पालिकाहरुले यस विषयलाई गम्भिरतापूर्वक लीएको छ छैन भनि अनुगमनमा जाने पनि बताउनु भयो । उक्त कार्यक्रममा मपवानपूरको स्थानिय तहका पदाधिकारी, बाल राष्ट्यि संरक्षण केन्द्रका परार्मश दाता ,पत्रकारहरु लगाएतको उपस्थिति रहेको थियो ।

