हेटौंडा /मकवानपुर प्रहरीले अबैध रुपमा नदीजन्य पदार्थ उत्खनन् गर्ने ४ वटा ट्याक्टरलाई नियन्त्रणमा लिईएको छ ।
बुधबार आज बिहान जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरी गस्ती टोलीले हेटौंडा स्थित राप्ती खोलाबाट ट्याक्टर नियन्त्रणमा लिईएको मकवानपुर प्रहरीले जनाएको छ ।
प्रहरीले ना ७ त २९७०, ना ६ त ४०४१ र २ वटा अनटेष्ट ट्याक्टरले अबैध रुपमा नदीजन्य पदार्थ ग्राबेल उत्खनन् गरि लोड गरिरहेको अवस्थामा फेला पारी नियन्त्रणमा लिईएको हो ।
नियन्त्रणमा लिईएका ट्याक्टरलाई आवश्यक कारवाहिको लागी जिल्ला समन्वय समितिको कार्यालय पठाइएको प्रहरीले जनाएको छ ।
सेयर गर्नुहोस्