मकवानपुरगढी २ अदुवा खर्कमा रुखबाट लडेर प्रमिलाको ज्यान गयो

हेटौंडा टुडे
१४ माघ २०७८, शुक्रबार १९:४१

हेटौंडा ।  मकवानपुरगढी गाउँपालिकामा वडा नंबर २ स्थित अदुवा खर्कमा रुखबाट लडेर एक जनाको ज्यान गएको  छ ।  ज्यान जानेमा २२ वर्षीय प्रमिला योञ्जन रहेको जिल्ला प्रहरी कार्यलय मकवानपुरका प्रहरी प्रवक्ता जयश्वर रिमालले जानकारी दिए ।

उनका अनुसार बिहिबार घर नजिकै जंगलमा घाँस काट्ने क्रममा चिलाउनेको रुखबाट खसेर योञ्जनको मृत्यु भएको हो । घटनास्थललाई सुरक्षित राखेर आवश्यक अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यलय मकवानपुरले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

  • प्रतिक्रियाहरु

preload imagepreload image