रात्रीकालिन व्यवसाय पनि सञ्चालन हुनु पर्नेमा व्यवसायीको माग

हेटौंडा टुडे
१८ माघ २०७८, मंगलवार २०:५६

हेटौंडा । रात्रीकालिन व्यवसाय आफुहरुले सञ्चालन गर्न नपाएको भन्दै हेटौंडामा आज रात्रिकालिन व्यावसायिहरुले पत्रकार सम्मेलन गरेका छन । पत्रकार सम्मेलन मार्फत उनीहरुले कोभिडको तेस्रो लहरमा सवै बजार अन्य ब्यबसायहरु खुल्ला रहे पनि आफूहरुको व्यवसाय बन्द गरेर वस्नुपर्ने अवस्था सिर्जना भएको भन्दै ढुक्कसँग व्यवसाय सञ्चालन गर्ने वातावरण तयारी गरिदिन जिल्ला प्रसासन कार्यलयलाई आग्रह गरेका छन । व्यवसायीहरुले स्वास्थ्य मापदण्ड अपनाएर सुरक्षित तरिकाले रात्रीकालिन व्यवसाय सञ्चालन गर्न नदिएमा आफूहरु आन्दोलन गर्न बाध्य हुने संघ तदर्थ समिति संयोजक सुनिल बयलकोटीले जानकारी दिए । ‘रात्रीकालिन पेशा व्यवसाय सबैभन्दा पहिला बन्द गर्नुपर्ने अवस्था रहेको छ । रात्रिकालिन भनेपछि ढिला सुरु हुने व्यवसाय हो । यसरी नबुझ्दा हामी समस्यामा परेका छौं’, उनले स्थानीय प्रशासनले आफूहरुलाई व्यवसाय सञ्चालन गर्ने वातावरण तयार गरिदिन आग्रह समेत गरेका छन ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*