हेटौंडामा बन्दको प्रभाब, चोकचोकमा सुरक्षाकर्मी परिचालन

हेटौंडा टुडे
४ फाल्गुन २०७८, बुधबार ०८:३६

हेटौंडा । सरकारमा रहेको मुख्य दल नेपाली कांग्रेसले आज संसदमा अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेशन एमसीसी टेबुल गर्ने भएपछि नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा लगायतका दलहरुले सम्झौताको विरोधमा आज नेपाल बन्दको आह्वान गरेपछी यसको प्रभाब मकवानपुरमा पनि परेको छ ।

मकवानपुर सहित हेटौंडा बजारका आसपास केही सवारीका साधन छिटपुट गुढेपनि लामो दुरीका सवारीका साधन अत्यन्त कम मात्र सञ्चालन भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरिक्षक जयश्वर रिमालले बताउनुभयो । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा लगायतका दलहरुले आज नेपाल बन्दको आह्वान गरेपछी सुरक्षाको लागि हेटौंडा बजार आसपास बाक्लो मात्रामा प्रहरी परिचालन देखिन्छ । बन्दमा कुनैपनि किसीमका घटना हुन नदिन सडकमा सुरक्षाकर्मीको परिचालन बढाइएको हो । बन्दका कारण मकवानपुरका क्याम्पसहरुमा आज पढाइ भएन । बिद्यालय पनि खुलेका छैनन् । हेटौंडा भएर पूर्वपश्चिम राजमार्ग, त्रिभुवनराजपथ, कान्तिराजपथ, धरानचतरा मार्गमा अत्यन्त कम मात्र सवारीका साधनहरु सञ्चालनमा आएको प्रहरीले जनाएको छ ।

यो संगै गृह मन्त्रालयले बुधबार विभिन्न राजनीतिक दलहरुले आह्वान गरेको नेपाल बन्दलाई लक्षित गरी सुरक्षा व्यवस्था चुस्त राख्न सुरक्षा निकायलाई निर्देशन दिएको छ । मंगलबार गृह मन्त्रालयले निर्देशन जारी गर्दै ७७ वटै जिल्ला प्रशासन कार्यालय, नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागलाई कानुन विपरितका गतिविधि हुन नदिन उच्च सतर्कता अपनाउन निर्देशन दिएको हो।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*