कलाकार जयनन्द लामाको निधन

हेटौंडा टुडे
११ फाल्गुन २०७८, बुधबार ०८:३८

 हेटौंडा। कलाकार जयनन्द लामाको बुधबार निधन भएको छ । सिन्धुपाल्चोकको बाह्रबिसेमा जन्मिएका लामाले थुप्रै मौलिक लोकगीत गाउनुका साथै चलचित्र र टेलिश्रृंखलामा अभिनयसमेत गरेका छन् । पाँच दशकअघि गायन यात्रा शुरू गरेका ख्यातिप्राप्त लोकगायक, संकलक, अभिनेता, निर्माता तथा निर्देशक जयनन्द लामाको बुधबार बिहान २ बजे निधन  भएको छ । उनले ‘कलकत्ते काइँयो’ लगायतका चर्चित गीतहरू गाएका थिए ।

उनका कलकत्ते काइँयो, चुइँ चुइँ चुइँकने जुत्ता, मुलाको चाना, सलल पानीलगायत थुप्रै लोकगीतहरु चर्चित छन् । उनले नेपाली लोक दोहोरीको रियालिटी शो ‘नेपाल लोकस्टार’मा निर्णायकको भूमिका पनि निर्वाह गरेका थिए ।

यस्तै पछिल्लो समय उनी चलचित्र अभिनयमा पनि व्यस्त थिए । उनले छक्का पन्जा चलिचत्रका केही सिरिजहरूमा अभिनय गरेका थिए । उनी नेपाली लोकदोहोरी संगीतको रियरिलटी शो ‘नेपाल लोकस्टार’को निर्णायकको भूमिकामा आबद्ध थिए ।

प्रतिक्रिया दिनुहोस

  • प्रतिक्रियाहरु

preload imagepreload image